arrow

माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी बल्ल पूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
Mawobadi.jpg

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले चार महिनापछि पूर्णता पाएको छ । पदाधिकारी चयनका लागि बुधबार निर्वाचन भएको थियो ।

निर्वाचनमार्फत तीन उपाध्यक्षमा नवलपुरका मित्रशरण शर्मा, पर्वतका गुणाखर बस्याल र बागलुङ ज्ञामनाथ गैह्रे विजयी भए ।

उपाध्यक्षमा ६ जनाबीच भएको प्रतिस्पर्धामा शर्माले ९०, बस्यालले १२० र गैह्रेले ९३ मत प्राप्त गरे । 

यस्तै, उपाध्यक्षमा प्रतिस्पर्धा गरेका गोर्खाका लोकप्रसाद बञ्जाराले ४८, कास्कीका गंगाप्रसाद पोखरेल ४६ र तनहुँकी गीता शाहीले ६६ मत प्राप्त गरे ।

यस्तै, सचिवमा गोरखा जगन्नाथ खनाल विजयी भए । सचिवमा दुई जनाबीच प्रतिस्पर्धा भएकोमा खनालले १०० मत र गोरखाकै विष्णु भट्टले ७४ मत प्राप्त गरे ।

पार्टीको तीन सहसचिवमा लमजुङका मेखबहादुर भण्डारी, तनहुँका अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र म्याग्दीका टेकबहादुर विक विजयी भए ।

सहसचिवमा ६ जनाबीच प्रतिस्पर्धा भएकोमा स्याङ्जाकी कल्पना अर्यालले ६६, कास्कीका राजकुमार दाहालले ५१ र जीवन खातीले २३ मत प्राप्त गरे ।

यसैगरी कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाल ११० मत प्राप्त गर्दै विजयी भइन् । उनका प्रतिस्पर्धी कास्कीका मेखबहादुर विकले ३२ र भीमबहादुर विकले २३ मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ