रुसी आक्रमण अन्त्यको मागसहित विश्वव्यापी विरोध प्रदर्शन गर्न युक्रेनी राष्ट्रपतिको आह्वान
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
634
Shares
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यको माग गर्न विश्वव्यापी विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्। एक भिडियो सन्देश जारी गर्दै उनले ठ्याक्कै एक महिनाअघि फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको र अब यसलाई रोक्न विश्वव्यापी विरोध प्रदर्शनका लागि आग्रह गरेका हुन् ।
यस्तै उनले युक्रेनका लागि प्रभावकारी सहायता प्रदान गर्न नेटोलाईसमेत आग्रह गरेका छन् । युद्धका कारण आफ्नो मुद्रा कमजोर बन्दै गइरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले अब आफ्नो मुद्रा अर्थात् रुबलमा ग्याँस बेच्ने बताएका छन् ।
उनले केही अमित्र देश भन्दै सम्बन्ध तनावपूर्ण रहेका देशहरुलाई रुसी मुद्रा रुबलमै ग्याँस बेच्ने बताएका हुन् । यो कदमले रुसी मुद्रा केही बलियो हुने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन बेल्जियमको ब्रसेल्स पुगिसकेका छन् । नेटो, जी ७ र ईयुको सम्मेलनका लागि त्यहाँ पुगेका बाइडेनले रुसमाथि थप प्रतिबन्धका योजना अघि सार्नसक्ने बताइएको छ ।
अमेरिकाले युक्रेनमा रुसी सेनाले युद्ध अपराध गरेको पुष्टि गरेको बताएको छ । युद्ध अपराध भन्नाले युद्धका क्रममा सैन्य क्षेत्रबाहेकमा हुने मानवीय र भौतिक क्षति हो ।