arrow

चीनले अपर तामाकोशी बनाइदिनु भनेको सिंहदरबार डकर्मी सिकर्मीले बनाएजस्तो भयो – विज्ञानप्रसाद श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
upper-tamakoshi-hydro.jpg

काठमाडौं । अपर तामाकोशी हाइड्रो कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले यो अपर तामाकोशी पूर्णतः नेपालको स्रोत साधनले बनाएको स्पष्ट पारेका छन् । 

चिनियाँ सरकार सम्बद्ध पिपुल्स डेली चाइनाले ट्वीटरमा ट्वीट गर्दै नेपालको सबैभन्दा ठूलो हाइड्रोपावर स्टेशन चीनले बनाएको लेखेपछि त्यसको प्रतिक्रियामा सीईओ श्रेष्ठले स्पष्ट पारेका हुन् । 

उनले हाम्राकुरासँग भने, ‘सिंहदरबार डकर्मी सिकर्मीले बनाएजस्तो भयो । यो चाइनाले बनाएको होइन । चाइनिज सिनो हाइड्रो कर्पोरेशनसँग कन्ट्रयाक्टमा काम गरिएको हो ।’

उनले अगाडि भने, ‘उसले सक्सेसफुल्ली काम गरेको हो । दे आर द कन्ट्रयाक्टर । यो कम्प्लिट्ली नेपालको रिसोर्सले बनाएको प्रोजेक्ट हो ।’

चीनले भने आफैले लगानी गरेर बनाइदिएजस्तो गरी सन्देश दिएपछि सीईओ श्रेष्ठको यो प्रतिक्रिया आएको हो । 

४५६ मेगावाटको उक्त हाइड्रोपावरको कामदारसहितको ठेक्का चिनियाँ सिनोहाइड्रोले लिएको हो । त्यस्तै ट्रान्समिसन लाइन र सबस्टेशन र हाइड्रोमेकानिकल ठेक्का भारतीय ठेकेदारले र इलेक्ट्रोमेकानिकल ठेक्का अष्ट्रेलियाली भारतीय ठेकेदारले गरेका हुन् । 


 



नयाँ