arrow

इमरान खानले तुरुपको एक्का आफूसँग भएको भन्दै राजीनामा नदिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
imran-khan2.jpg
तस्बिर– फाइल

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले राजीनामा नदिने बताएका छन् । प्रमुख प्रतिपक्ष दलले अविश्वासको प्रस्ताव दर्ता गरेको भए पनि उनले भने आफूसँग तूरुपको एक्का भएकाले राजीनामा नदिने बताएका हुन् । 

शुक्रबार २५ मार्चदेखि २८ मार्चसम्म संसदमा उनीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुनु पर्ने थियो । उनले हार्ने पक्काजस्तै भए पनि उनले भने आफूले कुनै हालतमा नहार्ने दाबी गरिरहेका छन् । 

पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका खानले क्रिकेटकै भाषाको शैलीमा भने, ‘मेरो राजीनामा माग्नेहरुले सुनुन् म आखिरी बलसम्म खेल्न जानेको छु । राजीनामा दिन्न । मसँग तुरुपको पत्ता बाँकी नै छ । यसलाई देखेर दुनियाँ हैरान हुनेछ ।’

मिडियासँगको कुराकानीका क्रममा खानले भने, ‘विपक्षी दलसँग न केही भन्न र न केही गर्न नै केही छ । म उनीहरुलाई ठूलो आश्चर्य दिन गइरहेको छु । उनीहरुले त आफ्नो पत्ता खोलिसकेका छन् । तर मैले समय आएपछि खोल्नेछु । राष्ट्रिय सभामा नो कन्फिडेन्स मोसन आउन दिनुस् । तब देखौंला के हुन्छ । यो कहिल्यै सफल हुने छैन ।’

संसद सेसन २१ मार्चमा बोलाइएको भए पनि शुक्रबार २५ मार्चसम्म स्थगित गरिएको छ । नियमानुसार संसद सत्र शुरु भएको तीन दिनपछि र सात दिनभित्र भोटिङ जरुरी छ । २८ मार्चदेखि २ अप्रिलभित्र कुनै पनि समय भोटिङ हुन सक्छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ