वडाध्यक्ष विष्टले पाँच वर्षको राज्यबाट पाएको १५ लाख दिए विद्यालयलाई
सुनील आउजी,
प्रकाशित २०७८ चैत ११ शुक्रबार
844
Shares
धनगढी । बझाङबाट निर्वाचित एक वडाध्यक्षले आफूले पाँच वर्षसम्म वडाध्यक्ष बापत पाएको सेवा सुबिधा विद्यालयलाई हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेस जयपृथ्वी नगरपालिका वडा नं १० बझाङ चैनपुरका वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्ष सम्मको राज्यले दिएको पारिश्रमिक तलब, सेवा, सुबिधा कृष्ण पुष्पा फाउन्डेसनबाट सत्यवादी माध्यमिक विद्यालय भोपुरलाई प्रदान गरेका हुन् ।
उनले आज एक कार्यक्रमकाबीच १५ लाख रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालय परिवारले वडाध्यक्ष विष्टलाई धन्यवाद दिएको छ ।