arrow

'धोका दिएका कमरेड अहिले माओवादीलाई सराप्दै हिँडेका छन्'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
devendra-poudelss.PNG

बागलुङ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले माओवादीका तर्फबाट सरकारमा गएका नेताले धोका दिएर सराप्दै हिँडेको बताएका छन् ।बागलुङको प्रशिक्षणमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले यस्तो बताएका हुन् । 

मन्त्री पौडेलले भने, “माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका साथीले धोका दिए । वैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेड अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।”

“माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” उनले भने, “देशी विदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।” पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुनः निर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपन्थी शक्ति हुने बताए । 

मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताए । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीले भ्रम फैलाइरहेको आरोप लगाए । 

एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसीसी लागू हुने बताए । “जनताले उठाएका १२ बुँदे प्रश्नलाई कानुन बनाएर पास गरेका छौँ”, उनले भने, “कानुनको अङ्ग एमसीसी भएको छ । सहमति अनुसार नभए एक महिनाभित्र खारेज हुन्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ