arrow

नवीन्द्र दाइको नाममा

logo
प्रमोदहरि गुरागाई,
प्रकाशित २०७८ चैत १२ शनिबार
pramodhari-guragain.jpg

आँसु, आँसु नै देखिन्छ 
हर्षको वा दुःखको 
विज्ञान असफल छ
आँसुको रसायनको अध्ययनमा ।

मैले तिम्रो सफलता माने
उपमेयर काठमाडौं  महानगरपालिकाको
खुशी पग्लिएर आँसु झर्‍यो 
लाग्यो आफैले जिते
हाम्रो नेविसंघको दाइ निर्वाचित भयो
क्रमशः माननीय जित्यौ
नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य भयौ
मन्त्री बन्यौ
बन्द उद्योगहरु चले
सिटामोलसँगको सम्बन्ध नवीकरण भयो
सुपथ सेनिटाइजर उपभोग गर्यौं
ऊखु किसानहरुले राहतको महसुस गरे ।

नवीन्द्र , तिमी नवीन भयौ 
आशाले पालुवा हाल्यो 
हामी हर्षित भयौं ।

स्मृतिहरु छन्
बसन्तपुर डबलीमा तिम्रो पदचाप
पशुपतिनाथसँगको तिम्रो सम्बन्ध 
बिजुलीको पोलमा, ठड्याइएको भर्याङ चढेर
आफ्नै पोष्टर उप्काइरहेका तिम्रा औंलाहरु
मसिनो आवाजमा 
तिम्रो बलियो विश्वास 
‘यो त नेपाली कांग्रेस पार्टी हो नि ! 
अर्थात् , मेरो दाइ
हाम्रो नवीन्द्र दाइ ।

ऐठन अहिले पनि हुन्छ 
नर्भिक हस्पिटलमा 
नसम्हालिएको मन
भक्कानिएको आवाज 
भा..भा..भाउजू  ।

परेको व्यहोर्नुको विकल्प छैन 
आफै उभिनु पर्छ है
भतिजीको आवाज 
गुड नाइड बा–बा
बा–बा गुडनाइड ।

खै, के लेखौं ?
मात्र प्रतिबद्धता 
असल रहन निरन्तर कोसिस गर्नेछु ।

(कवि गुरागाई नेविसंघका पूर्व उपाध्यक्ष हुन्, उनी काठमाडौं ७ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्) 
(नेता नवीन्द्रराज जोशीको २०७७ साल चैत १३ गते निधन भएको थियो )
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ