- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा एमाले निकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संग गण्डकीको अध्यक्षमाम भुवन क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । संघको प्रथम अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा देवराज शर्मा, सचिवमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे, कोषाध्यक्षमा गणेश कोइराला रहेका छन् ।
यसैगरी सदस्यहरुमा राजु गोर्खाली, विश्वकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल, प्रकाश अधिकारी रहेका छन् ।
यस्तै, तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, विश्व प्रकाश भूषाल तनहूँ संयोजक, मीलन पौडेल पर्वत संयोजक र नेत्र बिष्ट बाग्लुंग संयोजक रहेका छन् ।
संगठनको केन्द्रीय सदस्यमा सन्दिप अर्याल र युवराज पौडेलसंगै गण्डकी संयोजक भुवन क्षेत्री र सहसंयोजक अधिवक्ता देवराज शर्मा निर्वाचित भएका थिए ।