arrow

भरुवा बन्दुकसहित सेते पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
banduk.jpg

पोखरा । कास्की प्रहरीले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ९ निवासी ३२ वर्षीय सेते गर्वुजा रहेका छन् । 

मंगलबार दिउँसो लाई भरुवा बन्दुकसहित प्रहरी चौकी विरेठाटीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

तिवारीका अनुसार अनुसार सोही गाउँपालिकाको उल्लेरी भन्ने स्थानमा बन्दुक पड्काएको आवाज आएको भन्ने सूचना प्राप्त भएको थियो । 

सोही सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले स्थानीयलाई सोधपुछ गर्दा उनी भागेको र खोजी गर्नेक्रममा सोही स्थानको जंगलमा लुकेर बसेको अवस्थामा गर्वुजालाई बन्दुकसहित पक्राउ गरेको डिएसपी तिवारीले जानकारी दिए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ