arrow

मानव अधिकार रक्षक सञ्जाल गण्डकीमा लक्ष्मी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
Ram Bahadur Poudel.jpg

पोखरा । मानव अधिकार रक्षक सञ्जाल गण्डकीको संयोजकमा लक्ष्मी जिसी चयन भएकी छन् ।

सञ्जालको शनिबार पोखरामा सम्पन्न पहिलो बैठकले बाग्लुङकी जिसीलाई संयोजकमा चयन गरेको हो ।

सञ्जालको सहसंयोजकमा कास्कीका रामबहादुर पौडेल, महसचिवमा पर्वतका माधव पौडेल, सचिवमा नवलपुरका खड्कमान मानन्धर, कोषाध्यक्षमा लमजुङका चन्द्रबहादुर मिश्र छन् ।

यसैगरी सदस्यहरुमा मिनकाशी गुरुङ (मनाङ), पुष्पा शेरचन (मुस्ताङ), हरिप्रसाद पौडेल(म्याग्दी), कल्पना पौडेल (तनहुँ), ओमप्रसाद शर्मा (स्याङ्जा), हरेराम उप्रेती (गोरखा) छन् ।

समितिले अपाङ्गता समूहका अन्जना केसी, उत्पीडिततर्फ फेडो कास्की, सुरक्षा गृहतर्फ शक्ति समूह र स्वास्थ्यकर्मीतर्फ मेडिकल एशोसिएसन गण्डकीलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ