arrow

आईपीएलमा कोलकाताको विजयी शुरुआत, धोनीको अर्धशतक खेर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
dhoni-ipl-2022.jpg

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा विजयी शुरुआत गरेको छ । मुम्बईमा शनिबार राति भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकाताले शानदार शुरुआत गरेको हो ।

वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अजिन्क्या रहानेले ३४ बलमा ४४, साम विलिङसले २५ रन जोड्दा कप्तान श्रेयस एयर २० रनमा अविजित रहे ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । ढिलो गतिमा खेलेको चेन्नईले ६१ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि आएको पूर्व कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान रविन्द्र जडेजाले अविजित साझेदारी गरेसँगै चेन्नई यो स्थितिमा पुगेको हो । 

धोनीले ३८ बलमा अविजित रहँदै ५० रन बनाए । जडेजा २८ बलमा २६ रन बनाएर अविजित रहे । तर टिम हार्न पुग्यो । जडेजाको डेब्यु कप्तानी सुखद रहेन । 

कोलकाताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १–१ विकेट लिए ।

कोलकाताको कप्तानी सम्हालेका श्रेयस ऐयरले कोलकातालाई राम्रो शुरुआत दिलाएका छन् । उनी यसअघि दिल्ली क्यापिटल्सबाट खेल्दै आएका थिए । 

आजका खेल
आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्नेछन् । 

दोस्रो खेलमा बेलुकी ७ः४५ बजे पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्नेछन् । 
 



नयाँ