arrow

इजेड वल्र्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

विश्वका ४० मुलुकबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
ez-remit-esewa-mou.jpg

काठमाडौँ। नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिति जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैङ्क बिएफसी बैङ्क अन्तरगत रहेको इसेड रेमिटकाबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।

यो सम्झौता सँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैङ्कका शाखाहरू तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५,००० भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ। सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सिइओ अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सिइओ मुजाहिद मलिकले हस्ताक्षर गरे।

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने, “इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। यस रेमिट्यान्स सम्झौता मार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरूलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसै गरी सकेसम्म धेरै विदेश गएका नेपालीहरूलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ।”

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैङ्कको खातामै डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ। त्यस्तै इजेड रेमिटको शाखाहरूबाट पठाएको रेमिट्यान्स नेपालभरि रहेका इसेवा मनी ट्रान्सफरका १२,००० बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरि रहेका १ लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट  पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ। साथै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु.७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ। सातै इसेवा मनि मार्फत आएको रकम प्रभु भ्यानेजमेन्ट अन्तरगत रहेका सहकारी संस्थाहरूबाट समेत भुक्तानी लिन सकिनेछ।

सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको सस्तो, छिटो र भरपर्दो रेमिट कम्पनी हो। यो बहराइनमा रहेको बिएफसी ग्रुप होल्डिङ्कस् (बिएफसी) ग्रुपको मातहतमा रहेर रहेर सञ्चालन हुँदै आएको छ।  यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भएका ५५,००० बढी नेटवर्कका माध्यम हुँदै संसारका अधिकांश मुलुकमा रेमिट्यान्स सेवा प्रदान गरी रहेको छ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यम मार्फत २०० भन्दा बढी देशहरूबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई १०,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवा वालेटका १ लाख भन्दा ३० हजार भन्दा बढी एजेन्ट-क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ