arrow

आईपीएलमा मुम्बईको खराब शुरुआत, दिल्लीको दमदार खेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
ipl-mumbai-delhi-20221.jpg

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा विजयी शुरुआत गरेको छ । आइतबार ब्रबोर्नेमा भएको खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै दिल्लीले सुखद शुरुआत गरेको हो ।

मुम्बईले दिएको १ सय ७८ रनको विजयी लक्ष्य दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । कुनै समय १०४ रन जोड्दा ६ विकेट गुमाइसकेको दिल्लीका लागि ललित यादव र अक्षर पटेलले शानदार इनिङ्स खेल्दै जिताए । यादवले अविजित ४८ तथा पटेलले अविजित ३८ रन जोडे ।

मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । इशान किशनले अविजित रहदै ८१ रन बनाउँदा कप्तान रोहित शर्माले ४१ रन बनाए । 

दिल्लीका कुलदिप यादवले ३ तथा खलिल अहमेदले २ विकेट लिए । यसअघि शनिबार राति भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई हराएको थियो । 

आइतबारको दोस्रो खेलमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर खेलेका छन् । 
 



नयाँ