arrow

हातहतियार नबुझाउनेलाई कारबाही

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ चैत १४ सोमबार
syangja-lockdown

स्याङ्जा । जिल्ला भित्र इजाजत लिएर घरमा राखिएका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्न प्रशासनले घरमा राखिएका हातहतियार बुझाउन अनुरोध गरेको हो । 

चैत्र मसान्त भित्र नजिकको प्रहरी इकाईहरूमा हातहतियार बुझाई भरपाई लिन आग्रह गरेको छ । 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जारी गरेको सूचनामा बुझाएको हातहतियार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा सुरक्षित राखिने समेत उल्लेख गरिएको छ । 

निर्धारित समयभित्र नबुझाएमा त्यस्ता व्यक्तिहरूको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही हुने समेत प्रजिअले जारी गरेको सूचनामा सूचित गरेको छ । 

निर्वाचन सम्पन्न पछि हातहतियार सम्बन्धित व्यक्तिलाई बुझाइने बताइएको छ । जिल्लाका कति व्यक्ति सँग कस्ता हातहतियार छन् भन्ने विषय भने गोप्य राखिएको छ । 

निर्वाचन मिति नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आन्तरिक रणनीतिक योजना तयारीमा जुटेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ