arrow

तीन पालिकाका जनप्रतिनिधिलाई ‘हिरो अफ द मधेस’ को उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
mahottari.png

महोत्तरी । महोत्तरीका तीन पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेसको उपाधि पाएका छन् । जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र रामगोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेसको उपाधि पाएका हुन् ।

उपाधि पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरिप्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह छन् ।

हिरो अफ द मधेस प्रतिष्ठानले गरेको एक सर्वेक्षणअनुसार आफ्ना स्थानीय तहमा भएका विकाशका कामहरुमा उनीहरुको भूमिका अग्रणी रहेको बताइएको छ ।

हिरो अफ द मधेस प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाई समेत आधार मान्दा जिल्लामा ३ जना जनप्रतिनिधि छानिएको उक्त संस्थाका संयोजक मोहन सिंहले जानकारी दिए ।



नयाँ