arrow

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी बने ‘स्टोरी टेलर’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
nirwan-chaudhary-story-teller.jpeg

काठमाडौं । चम्पादेवी डाँडोमाथि सुर्यास्तको सुन्दर दुश्य चम्किरहेको थियो । राजधानी शहर सन्ध्यालाई स्वागत गर्ने तरखरमा थियो । घण्टाघरको घडीले साँझको ५ बजेको संकेत गर्दै हुँदो हो । 

ललितपुरको सातदोबाटोस्थित अनु बुक्समा बालबालिकाहरु उत्सवमय रौनकमा रमाउँदै थिए । विभिन्न रंगमा सजिएका रंगिन बालकुर्चीहरु आ–आफ्नै सुरमा यत्रतत्र रमाइरहेका बालबालिकाको प्रतिक्षामा देखिन्थे । सारंगी र मादलको कलात्मक तालमा सुरिलो संगीतको ध्वनिले हलमा सुमधुर मादकता भरेको थियो । 

यही वातावरणका बीचमा झुल्किए, निर्वाण चौधरी । उनै निर्वाण जो चौधरी ग्रुपका प्रबन्ध निर्देशक हुन् । देशको एकमात्र डलर अर्बपति विजनेश ग्रुपका उत्तराधिकारी । 

निर्वाण त्यहाँ कुनै व्यवसायीको रुपमा सहभागी भएका थिएनन् । उनी त्यहाँ हाजिर थिए त नयाँ परिचयका साथ । शहरका एक जना नयाँ कथाकारको रुपमा । त्यस समारोहमा निर्वाण चौधरीद्वारा लिखित अंग्रेजी कथासंग्रह ‘आर्याज फेबल्स’ को विमोचन हँदै थियो । आर्याज फेबल्स बालबालिकाका लागि लेखिएको कथासंग्रह हो । 

आर्याज फेबल्स निर्वाण चौधरीले आफ्नी छोरी आर्याको छैटौं जन्मदिनको अवसरमा तयार पारेको उपहार हो । 

‘बुबाको रुपमा मैले हरेक साँझ छोरीलाई कथा सुनाइरहेको हुन्छु । एक साँझ मलाई के लाग्यो भने यी कथाहरु हाम्रा सबै बालबालिकाहरुलाई उत्तिकै रोचक लाग्न सक्छन्’ पुस्तक कसरी तयार भयो भन्ने बारे स्पष्ट गर्दै निर्वाणले भने, ‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहदा रेकर्ड गर्न थालेँ र आज यसले पुस्तकको आकार लियो ।’ 

चौधरी फाउण्डेसनमार्फत बालबालिकाका लागि ‘डिजिटल क्लासरुम’ र ‘शुद्ध खानेपानी कार्यक्रम’ जस्ता योजना कार्यान्वयन गरिरहेका निर्वाणले भने, ‘हाम्रा सबै बालबालिका उत्तिकै विशेष छन् । र, उत्तिकै महत्वपूर्ण छन् । त्यसैले मेरी छोरीलाई सुनाइरहेका कथा सबै बालबालिकालाई पुस्तकमार्फत सुनाउन चाहेको कारण यही हो ।’ 

कार्यक्रममा सहभागी सबै बालबालिकालाई निर्वाण आफैंले आर्याज फेबल्स उपहार दिएका थिए । कथाकार चौधरीले आफ्नो कृतिको विमोचन गर्दै आफूले आफ्नो छोरीमार्फत देशभरिका बालबालिकालाई कथाहरुको संग्रह उपहार दिन पाउँदा खुशी लागेको बताए । 

‘यस पुस्तकको बिक्रीबाट आउने रकम बालबालिकाकै हितमा प्रयोग गरिने छ’ लेखक चौधरीले भने, ‘देशभरिका बालबालिकाको उपचार हुने मुलुककै जेठो कान्ति बाल अस्पतालको विकासमा पुस्तक बिक्रीबाट आउने रकम खर्चिने छौं ।’

वास्तवमा निर्वाण आफैंमा कला, साहित्य, संगीत र सिर्जनाका संयोजन जस्ता लाग्छन् । उनी विजनेसमा जतिसुकै व्यस्त भए पनि सामाजिक योगदान विनाको विजनेसमा रुची राख्दैनन् । यसपटक उनी बालबालिकाको लागि ‘स्टोरी टेलर’ का रुपमा प्रस्तुत भएका छन् । 

यस पुस्तकमा जम्मा बीस बालकथा रहेका छन् । पहिलो खण्डमा १३ वटा कथा रहेका छन् भने दोस्रो खण्डमा बुवा (निर्वाण) र छोरी (आर्या) को संम्वादमा आधारित सात कथा रहेका छन् । 

कथाहरु बाल नैतिकतालाई केन्द्रमा राखेर लेखिएको छ । बहादुरी र लचकता, आत्मविश्वास, सधैका प्रिय मित्र, क्षमा, एउटा सकरात्मक मनस्थिति, इमानदारी, नागरिकता र सामाजिक सीप, समयको महत्व, स्वस्थ्य जीवनशैली लगायतका कथाहरु पुस्तकमा समावेश छन् । 

यसमा बालआर्टलाई पनि कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । सज्जा र डिजाइनमा निकै ध्यान दिइएको पुस्तक हार्ड कभर र गुणस्तरीय कागजमा प्रकाशित छ ।

बालबालिकाले निर्वाण चौधरीलाई कथा उपहार दिने साथीको रुपमा चिन्नेसमेत विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ