arrow

इमरान खानविरुद्ध अप्रिल ३ मा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
imran-khan-pak.jpeg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ ।  आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् । 

राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादामा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानाकारी दिएका हुन् ।

३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए । प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने उनले बताए ।

प्रधानमन्त्री खानविरुद्धको अविस्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ