arrow

कोलकातामाथि बैंगलोरको संघर्षपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
ipl-bangalore-kolkatta-2022.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले संघर्षपूर्ण जित निकालेको छ । बैंगलोरले कोलकाता नाइड राइडर्सलाई ३ विकेटले हरायो । 

बुधबार राति कोलकाताले दिएको १२९ रनको सामान्य लक्ष्य बैंगलोरले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरकाका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।

कोलकाताका टिम साउदीले ३ विकेट लिँदा उमेश यादवले २ र सुनिल नाराइनले १ विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको कोलकाताले १८.५ ओभरमा अलआउट हुँदै १२८ रनमात्र बनायो । 

आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाइ आउट भए ।

बैंगलोरका वनिन्दु हसरंगाले सर्वाधिक ४ विकेट लिए । चार ओभर बलिङ गरेका हसरंगाले २० रन खर्चिए । यसबाहेक, आकाश दीपले ३ र हर्शल पटेलले १ विकेट लिए ।

लिगमा अहिलेसम्म लखनउ सुपर जाइन्टस्, चेन्नई सुपर किङ्स, मुम्बई इन्डिसन्स र सनराइजर्स हैदराबादले मात्र अंक जोडेका छैनन् । बाँकी सबै टिमले समान २ अंक जोडेका छन् । 

आज बेलुकी ७ः४५ बजेदेखि लखनउ र चेन्नई खेल्दैछन् । 
 



नयाँ