arrow

किर्ते नागरिकता सिफारिसमा वडाध्यक्ष पक्राउ, छुटाउन एमालेको दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
bishnu-bahadur-khatri.PNG

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिन लाग्दा धमाधम वडा अध्यक्ष पक्राउ पर्न थालेका छन् । नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पक्राउ परेका छन् । 

नेपाली नागरिकता प्रमाण पत्रका लागि वडा मुचुल्कामा किर्ते सही गरिएको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष विष्णुबहादुर खत्री पक्राउ परेका हुन् । वडाध्यक्ष खत्रीकै संलग्नतामा किर्ते मुचुल्का उठाई नागरिकताका लागि सिफारिस गरिएको पीडितहरूले बताएका छन् । 

उक्त कार्यमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ५ जनाले संयुक्त निवेदन दिएका छन् । निवेदन अनुसार कृष्ण प्रसाद पौडेल भन्नेकी छोरी सोनु पौडेलको नाममा नागरिकता बनाइएको छ । तर कृष्ण प्रसाद पौडेलको सोनु पौडेल नाम गरेको छोरी नै नभएको निवेदकले दावी गरेका छन् । 

आँधिखोला गाउँपालिका ३ पाख्रीबोटमा कृष्ण प्रसाद पौडेल भन्ने व्यक्ति भए पनि सोनु पौडेल नाम गरेकी छोरी भने नभएको बताइएको छ । निजलाई नागरिकताको प्रमाणपत्र प्रदान भएमा फरक पर्दैन भनी हामीहरूले वडा मुचुल्कामा सही नगरेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ । 

गैह्र नेपाली नागरिकलाई वा अर्कैकी छोरीलाई कृष्ण प्रसादकी छोरी हुन भनी बदनियत पूर्वक आफुले लाभ लिई नागरिकताको प्रमाण पत्र दिलाई दिने प्रपञ्च गरेका व्यक्तिहरूले नै हामीहरूको नाम उल्लेख गरी वडा मुचुल्का खडा गर्ने र हाम्रो सहीछाप निजहरूकै जाल प्रपञ्चबाट हामी सिधासादा नागरिकहरूको नाम राखी फसाउने नियतले हामीहरूको किर्ते सही गरी त्यस्तो वडा मुचुल्का खडा भएको निवेदनमा उल्लेख छ ।

यता जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने यस विषयमा अनुसन्धान भइरहेको बताए । किर्ते मुचुल्कामा संलग्न एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् । 

प्रहरीले किर्ते काम गरेका वडाध्यक्ष खत्रीलाई पक्राउ गरेपछि अहिले एमाले स्याङ्जाका नेता तथा कार्यकर्ताहरूले छुटाउन दबाब सिर्जना गरेको बताइएको छ । यस विषयमा पूर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पदमा अर्यालले खत्रीलाई छाडिदिन दबाब दिएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ