arrow
ADVERTISEMENT

मन्त्री चौधरीले गरे क्षमा पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
umakanta-chaudary.PNG

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका-१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गरेका छन् । 

उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन् । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो । 

मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन । 

मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पुर्‍याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गरे । 

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गरेका छन् । 

उनले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ