- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ।
बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाएर सरप्राइज जित निकाल्यो ।
लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए । यस्तै प्लेयर अफ द म्याच इभिन लेविसले २३ बलमा अविजित रहँदै ५५ तथा कप्तान लोकेश राहुलले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र मोइन अलीले ३५ रन बनाए । महेन्द्र सिंह धोनी ६ बलमा १६ रन बनाएर अविजित रहे ।
लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान २ विकेट लिए ।
हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकाता नाइट राइडर्सले हराएको थियो ।
जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।
अंक तालिका–
राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, पंजाब किङ्स र गुजरात टाइटान्सले एक खेलबाट सत्प्रतिशत जितसहित २ अंकबाट क्रमशः पहिलोदेखि चौथो स्थानमा छन् ।
२ खेलबाट २ अंकका साथ कोलकाता, लखनउ र रोयल च्यालेन्जर्स बैंगलोर क्रमशः पाँचौंदेखि सातौं स्थानमा छन् ।
अंकविहीन चेन्नई आठौं तथा १ खेलबाट अंकविहीन मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद क्रमशः नवौं र दशौं स्थानमा छन् ।
शुक्रबारको खेल
शुक्रबार एउटामात्र खेल हुँदैछ । बेलुकी ७ः४५ बजे कोलकाता र पंजाब भिड्ने छन् ।