arrow

अष्ट्रेलियामाथि पाकिस्तानको कीर्तिमानी जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
cricket-pakistan-australia-2022.jpg

काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १–१ को अवस्थामा पुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो । 

दोस्रो खेलमा अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यो पाकिस्तानको अष्ट्रेलियाविरुद्ध कीर्तिमानी जित हो । यति फराकिलो चुनौती पाकिस्तानले अहिलेसम्म पार गरेको थिएन । 

पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले । उनले ८३ बलको सामना गरेका थिए । यस्तै इमाम उल हकले ९७ बलमा १०६ रन बनाएका थिए । तथा  फखर जमानले ६७ रनको योगदान गरे । अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८  विकेट गुमाएर ३४८ रन बनाएको थियो । अष्ट्रेलियाका बेन म्याकडेरमोटले सर्बाधिक १०४ रन बनाए । यस्तै टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए ।

तेस्रो खेल शनिबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ