arrow

सवारी दुर्घटनामा शिक्षकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
accident-final.jpg

झापा । झापामा आज बिहानै सवारी दुर्घटना हुँदा एक शिक्षकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं. ६ का ५३ वर्षीय कृष्णप्रसाद निरौला रहेका छन् ।

अर्जुनधारा नगरपालिका पुष्पलालचोकमा मर्निङवाक गरिरहेका निरौलालाई प्र १-०१-००१ च ५१०७ नम्बरको पिकअप भ्यानले ठक्कर दिंदा दुर्घटना भएको हो । 

निरौला दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन् । उनीसँगै मर्निङ वाकमा हिँडेका बिर्तामोड ५ का ५ वर्षका अर्जुन उप्रेती घाइते भएका छन् ।

उनको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ