arrow

ग्वार्कोमा ट्याङकरले मार्‍यो राजलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
accident-final-1618290232.jpg

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

ठक्कर दिने ट्याङकर सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ