arrow

एमाले र माओवादीका डेढ सय बढी नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याए केन्द्रीय सदस्य आचार्यले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
277530158_1169602120442353_1127935473392772250_n.jpg

रसुवा । रसुवाको कालिका गाउँपालिका वडा नं  १ ग्राङमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरी १५० भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । १ ग्राङमा नेपाली कांग्रेसद्वारा आयोजित वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इञ्जिनियर मोहन आचार्यले उनीहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले कांग्रेस नेतृत्वले मात्र गाउँको विकास गर्न सक्ने बताए । देशभरिनै कांग्रेसप्रति जनलहर बढ्दै गएको छ भन्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा रसुवाका सबै गाउँपालिकामा कांग्रेसले विजय हासिल गर्ने बताए । 

‘घर घर जाऔँ, कांग्रेस जिताऊँ’ अभियानमा रसुवाली जनताको उल्लेख्य सहभागीता रहको भन्दै उनले सो अभियानमार्फत अहिले कांग्रेस नेताहरू जनताको घर दैलोमा पुगिरहेको बताए । 
  
उनले समृद्ध रसुवा निर्माणका लागि आफ्नो कार्यकालमा सडक, पुल, खानेपानी, सिंचाई, स्कुल र स्वास्थ्य चौकी निर्माणमा धेरै काम भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ