arrow

बेगनास तालका व्यवसायीलाई क्युआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
begnas-fone-pay-civil-bank.jpg

काठमाडौँ। बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको छ। नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैङ्क र फोनपेको सहकार्यमा शुक्रवार एक कार्यक्रमका बीच बेगनास ताल डुङ्गा व्यवसायी सङ्घ मार्फत बेगनास तालमा डुङ्गा चलाउने २ सय २० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैङ्क पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुङ्गा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रूपमा लैजानुपर्ने बताए।

यस्तै नेपाल राष्ट्र बैङ्क पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा बिदेसिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य रहेको बताए।

बेगनास तालमा क्युआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैङ्किङ मार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स् र वालेट मार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन्। यस्तै बाह्य पर्यटकले पनि भिजा मार्फत बेगनास तालमा डिजिटल रूपमा रकम भुक्तानी गर्न सक्नेछन्। फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केही दिन अघि मात्र भिजा सँग सहकार्य गरेको थियो।

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैङ्क तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ६ लाख २० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ। 
क वर्गको सिभिल बैङ्कले ११५ शाखाहरू, ११ एक्सटेन्सन काउन्टरहरू तथा ९७ एटिएमहरू मार्फत सेवा प्रदान गरिरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ