arrow

लोमानथाङ्गमा हिमालय बचाऊँ : नदी जोगाऊँ अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
lomanthang-heu.PNG

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा २०७८ चैत २० गते मुस्ताङको लोमानथाङ्गमा हिमालय बचाऊँ : नदी जोगाऊँ भन्ने आह्वानसहित जागरण कार्यक्रम सम्पन्न भएको छ । 

सो कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल र आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता थियो भने कार्यक्रमका दौरान जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाऊँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धी अवधारणापत्रहरु वितरण गरिएको थियो ।

२०७८ चैत १७ गते गोरखाबाट शुरु भएको शान्ति समाजको हिमालय बचाऊँ : नदी जोगाऊँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार विषयक अभियानका क्रममा गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभा सम्पन्न भएको थियो । 

सोही अभियानका दौरान लागू औषध-मदिरा दुर्व्यसन विरुद्ध जनचेतना र युद्ध निषेध : शान्ति विशेष अभियानमा केन्द्रित रही अवधारणापत्रहरु समेत वितरण गरिएको थियो । 

कोण सभाहरूलाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति कृष्णबहादुर रावल, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य किरण ढकाल र काठमाडौँ शाखा का.वा सभापति भगवान् पुडासैनी लगायत शान्तिवादीहरूले सम्बोधन गरेका थिए ।

यसै गरी रुकुम पूर्व, रुकुम पश्चिम र सल्यानमा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, दाङ शाखा सभापति तुलसीराम सुनारले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ