- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले संयोगवश हरियो मतपत्र छाप्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्सिएको आरोप लगाएका छन् । मोरङको बेलबारीमा आइतबार नेपाली कांग्रेस बेलबारी नगरसमितिले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको भूमिका विषयक बृहत खुल्ला सभा कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘आयोगले कहिले रातो, कहिले निलो र कहिले हरियो मतपत्र छाप्छ, संयोगवश यसपटक हरियो छापियो त्यसमा आत्तिनुपर्ने के छ ? उनले प्रश्नसमेत गरे । उनले मतपत्रमा रंगको भन्दा ढंगको कुरा गर्नुपर्ने बताए ।
निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले कोहीसँग कोही तर्सिनु नपर्ने उनले शर्माले बताए । ओलीको तुक्का र उखान सुनेर एमाले खुबै बलियो पनि छ कि भन्ने भ्रमसमेत भएकोले त्यस्ता तथ्यहीन कुरामा आत्तिनुपर्ने अवस्था नभएको उनले बताए ।
उनले ओलीतर्फ लक्षित गर्दै भने, ‘निर्वाचन मतपरिणामले देखाउँछ कसैले अहंकार गर्नुपर्दैन । अघिल्लो निर्वाचनमा जाँदा ५० पर्ष शासन गर्छौँ भन्दै ध्वाँस दिएर ओलीले ५ वर्ष सत्ता टिकाउन नसकेको बताए । कांग्रेस पटक पटक निर्वाचनमा पहिलो र दोस्रो हुने कथालाई भुलेर यसपटक तीनै तहको निर्वाचनमा बहुमत ल्याउने उनले बताए ।
एमाले र माओवादी मिलेर निर्वाचन लड्दा बहुमत प्राप्त गर्दा पनि ५ वर्ष शासन गर्न नसक्नु लज्जास्पद रहेको उनले बताए । कांग्रेसमा शेरबहादुर देउवाजस्ता पाका र परिपक्क नेता, गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा नेतृत्वको संयोजन भएकोले यो पार्टी सबैको आकर्षण रहेको र सबै पक्षको मुद्धा समेट्न सक्ने पार्टी भएको बताए ।
नेपाली कांग्रेस अबको १५ वर्षमा समुन्नत देश बनाउने सपनाका साथ अघि बढेकोसमेत उनले बताए । कांग्रेस आफ्नै शैलीमा चल्ने पार्टी भएका कारण कांग्रेसका दिन गए ,अब ५० पर्ष कम्युनिष्टले शासन गर्छ भन्ने नेताहरु कांग्रेसकै शरणमा पुगेको उनले बताए ।
त्यस बेला स्वार्थको सरकार भएकाले सरकार टिक्न नसकेको उनले बताए । नेता शर्माले कम्युनिष्ट पार्टीका नेताहरुतर्फ इंगित गर्दै भने, ‘हेर्दा तोरी र कोदो उस्तै देखिए पनि उनीहरुको विशेषता फरक हुन्छ । कम्युनिष्टहरुले तोरी पेल्दासमेत तेल ननिक्लेर पिना मात्र निक्लन्छ ।’
कोरोनाको महामारीमासमेत कम्युनिष्ट सरकार जिम्मेवार नभएको र उल्टै भ्रष्टाचारमा मुछिएको उनको आरोप छ । उनले कोरोनाकालमा प्रधानमन्त्री रहेका केपी ओलीले आफैँं डाक्टर भएर कहिले अम्बाको पात, कहिले बेसार खानु भन्दै हजारौँ नेपालीको ज्यान लिएको अझै नबिर्सिएको उनले बताए ।
भोकै कोही मुर्नपर्दैन भन्ने अनि भोकभोकै मानिसहरुले ज्यान गुमाएको टुलुटुलु दृश्य देख्नुपरेको भन्दै उनले आक्रोशसमेत पोखे ।