- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने भएको छ ।
गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताइन् । १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल शुरू भएको छ ।
तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ । यद्यपि स्तहलाई नै तलमेलको जिम्मा दिन भने सहमत भएको छ ।
माओवादीको यसअघिको व्यवहारका कारण पनि शेखर पक्ष सन्तुष्ट हुन नसकेको हो । माओवादी बढी अवसरवादी भएको र पटक पटक कांग्रेसलाई धोका दिँदै आएकाले जुनसुकै बेला पनि धोका दिएर माओवादी टाढिन सक्ने भएकाले पनि शेखर पक्षले विश्वसनीयतामा शंका गरेको हो ।
कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्व गरेका कोइराला पक्षदेखि निरन्तर गठबन्धनविरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन ।
नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लैजाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।
यसबाट पनि माओवादी कांग्रेससहितको गठबन्धन दलसँग पनि जोडिने र एमालेसँग पनि जोडिन खोज्दा दुवै डुंगामा खुट्टा राखेर हिँड्न खोजिरहेको बुझिन्छ ।