arrow

चितवनमा मोटरसाइकल दुर्घटना, एक्सनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
accident-final.jpg

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं. १५ फूलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । 

गौतमको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 

भरतपुर महानगरपालिका-७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेम बस्ती चोकतर्फ जाँदै गरेको बा६३प ७४०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किए दुर्घटना भएको प्रहरीले जनाएको छ । 

तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध बोकेको ठेलागाडा र रोकिराखेको बागमती प्रदेश ०३-०४प ५३२० नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा ठेलागाडामा दूध बोकेर प्रेम बस्ती चोकतर्फ आउँदै गरेका भरतपुर-७ स्थित युनिक गाईफार्ममा कार्यरत ४६ वर्षीय प्रकाश आले घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

यस्तै, स्कुटर रोकेर आडैमा बसेकी स्कुटर चालक भरतपुर-७ कि गीता पौडेल सामान्य घाइते भएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ