- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धरान । नेपाली कांग्रेसको क्षेत्र नं. १ अन्तर्गतमा २७ वटै वडाका सभापति र सचिवलाई स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशिक्षण दिइएको छ ।
कांग्रेसको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको आयोजनामा “काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, एम.सी.सी. तथा निर्वाचन, नेपाली कांग्रेस र रणनीतिक सवालहरू” विषयमा प्रशिक्षण कार्यक्रम भएको हो ।
उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, १ नं. प्रदेशका महामन्त्री उमेश थापा र क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रशिक्षण दिएका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र क्षेत्रीय सचिव केशव पुरीको सञ्चालनमा भएको प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा नेपाली कांग्रेसका जिल्ला उपसभापति नगेशचन्द्र राई, क्षेत्रीय उपसभापति मुरारी भट्टराई र धरान नगर सभापति श्याम पोखरेलले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।