- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिमा २८ सदस्यहरु थपिएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिमा सोमबार २८ जना थप गरिएको हो ।
उक्त समितिमा थपिएकाहरुमा पहिलो नम्बरमै डा आरजू राणा देउवा रहेकी छिन् । त्यस्तै मधु आचार्य, प्रा डा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाँण रहेका छन् ।
त्यस्तै वंशलाल तामाङ, विजय शंकर यादव, उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, डा जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल र शंकर तिवारी रहेका छन् ।
त्यस्तै पुरुषोत्तम नेपाल, डा इन्द्रा अधिकारी, डा अभिमन्यु सिंह, डा बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य पनि उक्त टिममा परेको कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।