arrow

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
sanat-paudel-f1soft.jpg

काठमाडौँ। सफ्टवेयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन्। १६ वर्ष भन्दा लामो बैङ्किङ क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन्। उनीसँग नविल बैङ्कमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड,कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रूपमा काम गरेको अनुभव छ।

नविल बैङ्कमै उनले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रूपमा समेत काम गरेका थिए। यसअघि पौडेल नेपाल बैङ्क लिमिटेडको कोर बैङ्किङको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए। यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रूपमा काम गरेको अनुभव छ।

एफवान सफ्टमा पौडेलको आवबद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नवीनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ।

सफ्टवेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनी मध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन्।

एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टैनोलिोजिज, बससेवा लगायतका स्थापित  कम्पनी रहेका छन्। नेपालका अधिकांश बैङ्क तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, भाइवर बैङ्किङ लगायतका सोलुसन प्रयोग हुँदै आएका छन्।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको रूपमा कार्य गर्दै आएको छ। नेपालमा क्युआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ