- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकै धनाढ्य एवं स्पेसएक्स र टेस्लाका सीईओ एलन मस्कले ट्विटरको सबैभन्दा बढी अर्थात् ९.२ प्रतिशत शेयर किनेका छन् । उनले शेयर किनेको कुरा बाहिरिएसँगै मंगलबार ट्विटरमा ट्विट गर्दै उनले सम्भवत ट्विट इडिट गर्ने बटन चाहिन्छ भनेर सोधेका छन् ।
मस्कले किनेको सेयर ट्विटरका संस्थापक र पूर्व सीईओ ज्याक डोर्सीको भन्दा चार गुणा बढी हो । ज्याक डोर्सीसँग २.२५ प्रतिशत शेयर छ । केही दिनअघि ट्विटरले फ्रि स्पिच अर्थात स्वतन्त्र अभिव्यक्तिको पालना गर्न नसकेको भन्दै नयाँ प्लेटफर्म चाहिन्छकी भनेर प्रश्न गरेका थिए ।
तर नयाँ बनाउनु भन्दा ट्विटरनै किन्नेतर्फ मस्क अग्रसर भए । शुक्रबारको कलिजिङ प्राइस अनुसार मस्कले २ अर्ब ८९ करोड डलरमा ७,३४,८६,९३८ शेयर किनेका हुन् ।
मस्कले ट्विटरको सेयर किनेको कुरा बाहिरिएसँगै ट्विटरको शेयर मंगलबार बिहानको मूल्य अनुसार २७ प्रतिशतले बढेको छ ।
Do you want an edit button?
— Elon Musk (@elonmusk) April 5, 2022