arrow

सबैभन्दा शक्तिशाली तत्त्व

इच्छाशक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
buddha-squral-story.JPG

एक पटक आनन्दले भगवान् बुद्धलाई सोधे - 'जल, वायु, अग्नि आदि तत्त्वहरू मध्ये सबैभन्दा शक्तिशाली तत्त्व कुन हो।'

भगवान् बुद्धले भन्नुभयो - 'आनन्द! ढुङ्गा सबैभन्दा कडा र शक्तिशाली देखिन्छ तर फलामको हथौडाले ढुङ्गालाई टुक्रा टुक्रा पार्छ, त्यसैले फलाम ढुङ्गा भन्दा अधिक शक्तिशाली हो ।'

'तर लोहारले आगोको भट्टीमा फलाम पग्लन्छ र उसले चाहेको आकारमा ढाल्छ, त्यसैले आगो फलाम र ढुङ्गा भन्दा अधिक शक्तिशाली हुन्छ।'

'तर आगो जतिसुकै भीषण होस्, पानीले निभाउँछ। त्यसैले ढुङ्गा, फलाम र आगोभन्दा पानी शक्तिशाली हो। जलले भरिएको बादल वायुले उडाएर लैजान्छ, त्यसैले वायु जलभन्दा बलशाली हुन्छ।'

अन्ततः बुद्धले आनन्दलाई इच्छाशक्ति बारे बुझाउँदै भन्नुभयो - "तर हे आनन्द! इच्छाशक्तिले वायुको दिशा पनि परिवर्तन गर्न सक्छ। त्यसैले सबैभन्दा शक्तिशाली तत्त्व भनेको व्यक्तिको इच्छा हो। इच्छाशक्ति भन्दा शक्तिशाली कुनै तत्त्व छैन, इच्छाशक्तिले कुनै पनि काम गरे सफलता अवश्य मिल्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ