arrow

टेलिकमकै मान्छे एमडी नियुक्त हुनुपर्ने भन्दै एनटीसीमा चर्कियाे आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
nepal-telecom.png

काठमाडौं । प्रबन्ध निर्देशक (एमडी) नियुक्तिको प्रक्रियालाई लिएर नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा कर्मचारीहरुले विरोध आन्दोलन शुरु गरेका छन् । टेलिकममा काम गरेको, कम्पनीबारे ज्ञान र अनुभव भएकै व्यक्तिलाई एमडी नियुक्त गर्नुपर्ने भन्दै विरोध शुरु भएको हो ।

नेपाल टेलिकमको एमडी नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका नै फेरेर राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सुनील पौडेललाई एमडी बनाउन खोजेको भन्दै कर्मचारीहरुले विरोध थालेका हुन् । 

'बाँस्कोटाका प्रिय पात्र सुनिल पौडेल'लाई टेलिकममा ल्याइने चर्चा

टेलिकमभित्रकै ट्रेड युनियन नेपाल टेलिकम वर्कर्स युनियन .एनटीसीडब्ल्यूयू) ले कुनै शक्तिकेन्द्रको निर्देशन वा प्रभावमा नपरी टेलिकममा प्रबन्ध निर्देशक नियुक्त गर्नुपर्ने अन्यथा कडा कदम चाल्ने चेतावनी यसअघि नै दिएको थियो । 

र पनि कयौं अनियमितताको काण्डमा विवादित सुनील पौडेललाई नै जनताको नासो र सम्पत्ति बराबर भएको नेपाल टेलिकममा ल्याउन खोजेको भन्दै आफूहरुले विरोध गरिरहेको टेलिकमका एक अधिकारीले बताएका छन् ।

वर्कर्स युनियन पूर्व महासचिव सुरेश रौनियारले आर्थिक चलखेल गर्ने उद्देश्यले कुनै पनि हालतमा बाहिरी संस्थाबाट आएकालाई एमडी नियुक्ति हुन नदिने चेतावनी दिएका छन् । 

टेलिकममा वर्षौं काम गरेका र अनुभवी, योग्य व्यक्ति हुँदा हुँदै स्वार्थनिहीत ढंगले बाहिरि मान्छे हाल्न खोजेमा आफूहरुले झनै चर्को आन्दोलन थाल्ने चेतावनी रौनियारले दिएका छन् ।

एमडी नियुक्तिमा तलमाथि गरे कडा कदम चाल्ने वर्कर्स युनियनको चेतावनी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ