arrow

सभापतिजीले सोचेर र सच्याएर पछिल्ला निर्णय गर्नुभएको छ – डा शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
shekhar-Koirala.jpg.jpeg
तस्बिर– फाइल

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सोचेर र सच्याएर गरेको बताएका छन् । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग डा कोइरालाले आफूहरु सहमतिमा पुग्न जतिसुकै विवाद गरे पनि अन्तिममा पार्टीले जे निर्णय गर्छ त्यो आधिकारिक हुने पनि बताए । 

उनले आवश्यकताका आधारमा मात्रै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्ने केन्द्रको अन्तिम निर्णय नै आधिकारिक भएको स्पष्ट पार्दै यसअघि भनिएका सबै कुराहरुको अस्तित्व सकिएको पनि संकेत गरे । 

उनले आफूले केन्द्रले गरेका गलत निर्णयको मात्रै विरोध गरेको स्पष्ट पारे । उनले आफूले कहीँ कतै पनि भ्रातृ संगठन समानान्तर बनाउँछु भनेर नभनेकोसमेत स्पष्ट पारे । 

डा कोइरालाले भने, ‘भ्रातृ संगठन या शुभेच्छुक संस्थामा नियुक्त गर्दा न्यायपूर्ण हुनुपर्छ भनेको हुँ । म भागबन्डाको राजनीति गर्दिन भनेकै छु तर सभापतिजीले न्यायमुलक काम गर्नुपर्छ । समेट्न सक्नुपर्छ ।’


उनले अगाडि भने, ‘कसले के भन्नुभयो, कुन पार्टीले के भन्छ म जान्दिन तर कांग्रेसले के निर्णय गर्छ, के भन्छ त्यो हाम्रो आधिकारिक कुरा हो ।’

डा कोइरालाले देश आर्थिक संकटमा नफसोस् भनेर सबैले सोच्ने बेला भएको भन्दै सचेतसमेत गराएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ