arrow

प्रचण्डको निर्वाचन क्षेत्रका भूमिहीन दलितलाई बाँडियो लालपूर्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
prachanda-bhumihin.PNG

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका भूमिहीन दलितलाई लालपूर्जा बाँडिएको छ । चितवनको भरतपुरमा बुधबार ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको हो । 

भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गर्दै प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्वासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे ।
 
सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै प्रचण्डले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै सम्भव रहेको पनि बताए । 

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएर लागिरहेको बताइन् । 

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रूपमा नै समाधान गर्न आफूहरू लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन, दलित र सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न सम्भव भएको बताइन् । 

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घर परिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । 

यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा गाउँब्लकमा रहेका २० हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ