arrow

इसेवा मार्फत कुनै पनि बैङ्कको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
esewa-credit-card.jpg

काठमाडौँ। नेपालको भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ। अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो। जसले गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ।

यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ। नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या निकै बढिरहेको छ। इसेवामा हाल ५० भन्दा बढी बैङ्क तथा वित्तीय संस्था आबद्ध छन्।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन्।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ। इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५१ वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ