arrow

बडू कानूनबाट उद्योग मन्त्री, बन्दी आए कानूनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
dilendra-prasad-badu.jpeg
तस्बिर– फाइल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनामा मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रीको जिम्मेवारी हेरफेर र नियुक्तिपछि उद्योग मन्त्रालयले मन्त्री पाएको हो । 

कानून मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानून मन्त्रीमा गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) लाई नियुक्त गरी बडूलाई उद्योग मन्त्री बनाइएको हो । 

देउवा सरकारले पहिलो पटक गैर सांसदलाई मन्त्री बनाएको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले भने धेरैलाई त्यो अवसर दिएको थियो । 

गैरसांसद भएकाले संविधान अनुसार उनी ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्नेछ । बन्दीलाई मन्त्रिपरिषदले मनोनीत गर्नेतर्फ रिक्त रहेको ‘राष्ट्रियसभा सदस्य’ मा मनोनीत गर्ने सम्भावना छ । अन्यथा उनी ६ महिनाका लागि मात्रै कानूनमन्त्री रहने छन् ।

बन्दी माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढुभाइ हुन् । 

गत २४ असोजमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री जेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ