arrow

मुस्किलमा इमरान खान, सर्वोच्चले फैसला दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
imran-khan-pak.jpeg
तस्बिर– फाइल

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान नराम्रोसँग फस्ने भएका छन् । अविश्वासको प्रस्तावको सामना गर्ने दिन मतदान हुन नदिइ प्रस्ताव नै खारेज गरेर संसद भङ्ग गरेका खानविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउँदै छ । 

पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । आज महान्यायाधीवक्ता खालिद जावेद खानको भनाइ सुनेपछि प्रधानन्यायाधीश उमर अता बन्दियालले सभामुखको फैसला संविधानको विरुद्धमा रहेको बताइसकेका छन् । 

प्रधानन्यायाधीशको भनाइ सुनेपछि महान्यायाधीवक्ता अदालतबाट बाहिरिएका छन् । यसबाट अनुमान लगाउन सकिन्छ कि अब सभामुख र इमरान खानमाथि अदालतको फैसला महङ्गो पर्न सक्छ । 

यसअघि अदालतका पाँच न्यायाधीशको बेन्चमा महान्यायाधीवक्ताले राष्ट्रिय सुरक्षा कमिटीको बैठकसँग जोडिएका विषय सबैको सामु राख्न नसकिने बताएका थिए । 

उनको दाबी थियो कि अविश्वास प्रस्ताव मार्च २८ मै खारेज गरिएको थियो । तर न्यायाधीश मन्दोखेलले अविश्वासको प्रस्तावको फैसला उपसभामुख कासिम सुरीले सुनाएका थिए फेरि हस्ताक्षर कसरी सभामुख असद क्यासरले गरे ? भनेर प्रश्न गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ