arrow

दिल्ली पछाडि छुट्यो, लखनउको तेस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
ipl-delhi-lakhnau.jpg

काठमाडौं । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ ।

बिहीबार दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लखनउको जितमा क्विन्टन डी ककले  सर्वाधिक ८०  बनाए  ।  यस्तै कप्तान केएल राहुलले २४ रनको योगदान गरे । 

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो । दिल्लीका  पृथ्वी शले सर्वाधिक ६१ रन बनाए   । यस्तै  ऋषव पन्तले ३९ र सर्फराज खानले ३६ रनको योगदान गरे । 

जितसँगै लखनउले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली ३ खेलबाट २ अंक जोडेर सातौं स्थानमा  छ ।

कोलकाता नाइट राइडर्स ६ अंकबाटै पहिलो स्थानमा छ । सर्वाधिक सफल मानिएका चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्सले भने अंकको खाता खोलेका छैनन् । दुवैले ३ खेल हारेका छन् । सनराइजर्स हैदराबादले दुवै खेल हारेको छ । 

आज पंजाब किंग्स र गुजरात टाइटान्स खेल्दैछन् । 



नयाँ