arrow

न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने, २५ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
fonepay-sagarmatha-tour.jpg

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरी २० जनाले आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ। यस अफर अन्तरगत फोनपे मार्फत कारोबार गर्ने मध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले  हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटेल एभरेस्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ।

फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्वजनिक गरेको हो। यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन्। विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ।

यस्तै सोही दिन विभिन्न बैङ्क, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन्। सोही दिन एनआइसी एसिया बैङ्क, इसेवा, लक्ष्मी बैङ्क, एनएमबी बैङ्क, मेगा बैङ्क, सनराइज बैङ्क, गरिमा विकास बैङ्क, सिद्धार्थ बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सानिमा बैङ्क, सिभिल बैङ्क, आइएमई पे, खल्ती, प्रभुपे मार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यसै गरी भोजडिल,फुडमांडु ,सेल्सबेरी, डेलि ग्रोसरि,खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो।

फोनपे नेटवर्कमा ६० वटा बैङ्क तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड  ४० लाख भन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ