arrow

पोखराबाट भ्रमणमा गएको बस दुर्घटनाग्रस्त, २६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
Bus accident.jpg

पोखरा । पोखराबाट भ्रमणमा गएको बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका वडा नं. ३१, वेगनासतालस्थित साना किसान कृषि सहकारीबाट भ्रमणका लागि बुटवल-प्युठान हुँदै अर्घाखाँची पुगेको ग२ख ६८० नम्बरको बस भलायडाँडा ओरालोमा ब्रेकफेल भइ दुर्घटनाग्रस्त भएको हो । 

चैत्र २३ गतेबाट शुरु भएको भ्रमणमा २६ जना सहभागी थिए । गाडीमा सवार अधिकांश घाइते भएका छन् । गम्भीर घाइते दुई जनालाई बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालले जनाएको छ । यद्यपि घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

चालक सुरेश सुनारको कुशलताका कारणले दुर्घटनामा ठूलो जनधनको क्षति हुनबाट जोगिएको बताइएको छ । उनले यात्रुहरूलाई बचाउन भित्तामा गाडी ठोक्याएका थिए । 

घाइतेहरुको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी नायव उपरीक्षक अम्बर बहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, माओवादी केन्द्रका नेता ठाकुर कुमार बिक, माओबादी केन्दका जिल्ला संयोजक राजेन्द्र भुसाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेम आचार्य, जिल्ला कोषाअध्यक्ष रुद्रमणि भुसाल लगायत अस्पताल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ