arrow

बिग्रियो मौसम, काठमाडौं र गण्डकीमा बिहानै वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
weather-2022-evergreen.jpg

काठमाडौं । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । काठमाडौंको मौसम बिग्रिएको छ । घाम लागेको छैन । वर्षा हुन पनि सकेको छैन । 

प्रदूषण पनि उत्तिकै बढेको छ । एयर क्वालिटी इन्डेक्स एक्यूआई १४३ रहेको छ । त्यस्तै अन्य शहरको एक्यूआई पनि बढी नै रहेकोछ । धनकुटाको १५६, जुम्लाको १५३ तथा कीर्तिपुरको १४२ रहेको छ । 

बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । 

दिउँसो प्रदेश १ को पहाडी  भूभागका केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने ठानिएको छ ।



नयाँ