arrow

कोलकातामाथि दिल्लीको शान, राजस्थानसँग तीन रनले हार्दा लखनउ हैरान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
rajasthan-2022.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको  लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।

लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे । राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे । जितसंगै राजस्थान  ४ खेलमा ३  जित र १ हार सहित ६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । 

लखनउ ५ खेलमा ३ जित दुई हार सहित पाँचौं स्थानमा छ । यस्तै अर्को खेलमा  दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गर्दे दोस्रो स्थानमा झारेको छ । 

दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै १७१ रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए ।  दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो । दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउँदा पृथ्वी शले ५१ रनको योगदान गरे ।

अंक तालिका

यो खेलपछि राजस्थान शीर्ष स्थानमा हूँदा कोलकाता समान ६ अंकबाट दोस्रो स्थानमा झरेको छ । गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बैंगलोर र लखनउको समान ६–६ अंक नै छ । 

दिल्ली र पंजाब किंग्सको समान ४ अंक छ भने सनराइजर्स हैदराबादको २ अंक छ । आईपीएलका सर्वाधिक सफल टिमहरु चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भने अंकविहीन हुँदै पुछारमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ