arrow

इमरान खानका समर्थकले सेनालाई भने ‘चोर’, आज नयाँ प्रधानमन्त्री पाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
imran-khan-pakistan-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । पाकिस्तानमा इमरान खान सत्ताबाट बाहिरिएपछि उनका समर्थक भड्किएका छन् । विरोधका क्रममा इमरानको पार्टी तहरीक–ए–इन्साफ पीटीआईका हजारौं कार्यकर्ताले प्रदर्शन गर्दै उश्रृंखल नारा लगाएका छन् । 

खानका समर्थकले पाकिस्तानी सेनाविरुद्ध नारा लगाएका छन् । उनीहरुले ‘चौकीदार चोर हो’ भनी नारासमेत लगाएका छन् । पूर्व गृहमन्त्री शेख राशिदका कार्यकर्ताले यस्तो भड्काउवाला नारा लगाएका थिए । 

सो क्रममा खानलेसमेत सामाजिक संजालमा स्वतन्त्रताका लागि एक नयाँ लडाइँ शुरु गर्ने चर्चा गरेका छन् । इमरान खान सत्ताबाट बाहिरिएपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीमासमेत असर पर्ने देखिएको छ । 

पीसीबी अध्यक्ष तथा इमरान खानका मित्र रमीज राजाले पनि पद छाड्ने सम्भावना देखिएको छ । 

आज पाकिस्तानले नयाँ प्रधानमन्त्री चुन्नेछ । शहबाज शरीफ प्रधानमन्त्री बन्ने लगभग पक्का छ । शहबाजसँग जोडिएको अर्बौं रुपैयाँको मुद्रा अपचलनको मुद्धामा अदालतले फैसलासमेत सुनाउने छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ