arrow

टेलिकममा एमडी नियक्तिको विषयमा कर्मचारीको आन्दोलन जारी, योग्यतामाथि प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
ntcwu-sunil-poudel.PNG

काठमाडौं । नेपाल टेलिकममा स्वार्थनिहीत तरिकाले विवादित मान्छेलाई प्रबन्ध निर्देशक (एमडी) बनाएको भन्दै कर्मचारीहरुले चर्को विरोधसहित आन्दोलन गरेका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गरेको थियो ।

टेलिकम क्षेत्रमा काम नै नगरेको, कुनै अनुभव नै नभएको तथा कुनै खास योग्यता नै नभएको व्यक्तिलाई स्वार्थनिहीत तरिकाले एमडी बनाउन निर्देशिका नै परिवर्तन गरेको भन्दै टेलिकमका कर्मचारीहरुले विरोध गरेका हुन् । 

नेपाल टेलिकम वकर्स युनियन (एनटीसीडब्ल्यूयू) ले पौडेल एमडीमा नियुत्तः भए लगत्तै विरोधसहित विज्ञप्ति जारी गर्दै आन्दोलन शुरु गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा विभिन्न अनियमितताको आरोप लागेको व्यक्ति कसरी टेलिकमको एमडी बन्न योग्य भयो ? भन्दै कर्मचारीहरुले चर्को विरोध गरिरहेका छन् । 

चैत २५ गतेदेखि पौडेललाई एमडीमा नियुक्त गरेको विषयमा शुरु भएको विरोध आन्दोलन जारी छ । नेपाल टेलिकममा लामो अवधि सेवा गरेर टेलिकम क्षेत्रको विशिष्ट अनुभव हासिल गरेका प्रतिस्पर्धीहरू भन्दा पौडेल कसरी बढी योग्य भए ? भन्दै कर्मचारीहरुले प्रश्नसमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ