arrow

अपाङ्गता भएका २४ महिलाको कविता वाचन, विजयी चार जना लुम्बिनीको कविता प्रतियोगितामा सहभागी हुने

logo
शर्मिला विश्वकर्मा, 
प्रकाशित २०७८ चैत २८ सोमबार
disbaled-poem.jpg

काठमाडौं । एक्सेस प्लानेट संस्थाले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा सोमबार जुममार्फत अपाङ्गता भएका महिलाहरुको समावेशीकरण सम्बन्धी कविता प्रतियोगिता गरेको छ । जुममार्फत आयोजना गरिएको सो कविता प्रतियोगितामा देशका विभिन्न स्थानमा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुले अपाङ्गता भएका महिलाहरुका हक हित र अधिकारका सवाललाई समावेश गरी कविता वाचन गरेका थिए । 

उक्त कविता प्रतियोगीतामा साहित्यकार तथा लेखकहरु ललिता जोशी, योगेन्द्र अधिकारी र प्रभा भट्टराई निर्णायक मण्डलमा थिए भने लेखक तथा साहित्यकार प्रभा भट्टराईले सबै प्रतियोगिहरुका कविताहरु उत्कृष्ट रहेको भन्दै सबैलाई सफलताको शुभकामना व्यक्त गरे । 

सोमबार जुम मार्फत आयोजना गरिएको कविता प्रतियोगितामा २४ जना सहभागीहरुमध्ये सरिता अर्याल प्रथम, रिना शाह द्धितीय, आश्मा अर्याल तृतीय र सुनिता ज्ञवालीले चौथो स्थान प्राप्त गरे ।

विजेता चार जनाले आगामी बैशाख ३ गते लुम्बिनीमा आयोजना हुने वावो फेस्टिबल तथा कविता प्रतियोगीतामा सहभागी हुने अवसर पाउने छन् । 

आयोजना गरिएको कविता प्रतियोगीतामा २४ जना अपाङ्गता भएका महिलाहरुको सहभागीता रहेको थियो । साथै सो प्रतियोगीतामा ३ जना नै निर्णायकहरुले पनि अपाङ्गता भएका महिलाहरुका सवाललाई समावेश गर्दै कविता वाचन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ