arrow

गभर्नर प्रकरणमा शेखर कोइरालाको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
shaker-koiralaa.JPG
फाइल तस्बिर

काठमाडौँ। काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन्। नयाँ वर्षको अवसरमा मङ्गलवार नेपाल निजामती कर्मचारी युनियनले गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको बताए।

स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए। संयम र धर्यताकासाथ अघि बढ्न काँग्रेस नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।

नेता कोइरालाले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णयप्रति पनि आपत्ति जनाए। देशको अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बनले झन् ओरालो लाग्ने उनको भनाइ छ।

विश्व बैङ्क, एसियाली विकास बैङ्क जस्ता वित्तीय संस्थाले नेपालको अर्थतन्त्र र गतिविधिलाई हेरिरहेको हुने भन्दै उनले भने, ‘अर्थतन्त्र ओरालो लागेका बेलामा गभर्नरसँग तालमेल मिलेन भनेर, गभर्नरले आफ्नो कुरा सुनेन भनेर निलम्बन गर्नु एकदम गैर जिम्मेवार हो।’

काँग्रेस नेता द्वय गोविन्दराज पोखरेल र मिनेन्द्र रिजालले पनि गभर्नर अधिकारीको निलम्बनप्रति आपत्ति जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ